गोरखा समाचारदाता
काठमाण्डौं – रौतहटमा १० जना नयाँ कोरोना संक्रीमत भेटिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
संक्रमित हुनेमा रौतहट राजपुर नगरपालिका फरहदवा ९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षीय पुरुषहरु र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।


