गोरखा समाचारदाता
काठमाण्डौं – धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिलाको कोरोना भाइरस रिर्पोट पोजेटिभ आएको छ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चेकी २९ वर्षीय सुत्केरीको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो ।
केही दिनअघि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्किएकी ति महिलामा स्वासप्रश्वासमा समस्या आए पछि धुलिखेल अस्पतालमा उपचार भइरहेको थियो । स्वासप्रश्वासमा समस्या देखिए पछि उनको आरडीटी गरिएकोमा रिपोर्ट पोजिटिभ आएको थियो ।
नेपालमा कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो हुन् ब्यक्ति हुन् । उनको बिहीबार राति ज्यान गएको हो ।


