गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको महाराजगञ्जमा रहेको टिचीङ अस्पतालमा बिरामी भेटन गएका ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।
कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको कन्टयाक ट्रेसिङका क्रममा विरामी भेट्न गएका ब्यक्तिमा पनि संक्रमण भेटिएको हो ।
संक्रमितलाई आईसोलेसनमा राखेर उपचार शुरु गरिएको छ । अस्पतालबाटै संक्रमण सर्यो कि अन्यत्रबाट भनेर कन्ट्याक्ट ट्रेसिङ समेत शुरु गर्न लागिएको अस्पताल व्यवस्थापनले जानकारी दिएको छ ।
न्यूरो वार्डमा सर्जरी गरेको बिरामीलाई भेट्न आएका दाङका ४६ वर्षीय ती व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।




















