गोरखा समाचारदाता
काठमाण्डौं – कपिलबस्तुमा सनिबार ३ जनामा कोरना संक्रमण देखिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका ३ ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषहरुमा संक्रमण देखिएको हो ।
संक्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।


