गोरखा समाचारदाता
गोरखा – गोरखा नामजुङका युवाहरुले डाडाँमा घुमाउने घर बस्ने स्थानको निर्माण गरेका छन् ।
शहिद लखन गाउँपालिका पर्ने नामजुङका खड्का गाउँबासीहरुले लकडाउनको मौकामा गाउँमा यस्तो कामको सुरुवात गरेका हुन् ।
शहिद लखन गाउँपालिका ९ नम्बर वडामा पर्ने कट्टेलडाडाँ भन्ने स्थानमा युवाहरुले गोल घर र दृष्यावलोकनका लागि बस्ने कुर्सीहरुको निर्माण गरेका छन् । ‘फुर्सदमा युवाहरु त्यसै बरालिनु भन्दा केही नमूना काम होस् भनेर थालनी गरेको’ जनशक्ति माविका शिक्षक एवं स्थानिय उद्वव श्रेष्ठले बताए ।
दर्जन भन्दा बढी युवाहरुले केही दिन लगाएर निर्माण गरेको गोल घर आराम गर्ने कुर्सी । हामी पनि हेरौं न त ?
पहिले
अहिले
पछिल्ला ३ तस्बिर युवक श्रेष्ठको फेसबुक वालबाट कपी गरिएको हो
























