गोरखा समाचारदाता
काठमाण्डौं – आज (सनिबार) थप ६ जनामा कोरना संक्रमण देखिएको छ ।
वीरगञ्ज, सर्लाही, चितवन, बर्दिया र सिराहामा ६ जनामा कोरोना संक्रमण देखिएको हो । यो संगै नेपालमा संक्रमितको संख्या २७३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५ जिल्लाका ६ जनामा संक्रमण देखिएको हो । वीरगञ्ज नगरपालिका १२ का २८ र २९ वर्षका पुरुष, बर्दिया नार्खु ११ का २८ र्विषया महिला, सिराहा सखुवा १९ का ३० वर्षका पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गरी सर्लाही रामनगर ४ का १८ वर्षिया युवती र चितवन गढौली १ का २५ बर्षिया युवतीमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सिरहामा भने पहिलो पटक कोरोना संक्रमित फेला परेको हो ।


