गोरखा समाचारदाता
पोखरा – पोखराका एक युवा ब्यवसायी कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टर अध्यक्ष र विश्वब्यापी समितिको सल्लाहाकारमा चयन भएका छन् ।
पोखरा महानगरपालिका ७ रत्नचोकका रिधिन्द्र गिरी कमन वेल्थ इण्टर्प्रेनर क्लबको नेपाल च्याप्टर अध्यक्ष र विश्वब्यापी समितिको सल्लाहाकारमा चयन भएका हुन् ।
विश्वका ५४ देशमा शाखा रहेको व्यवसायीहरुको साझा संस्था कमन वेल्थमा विश्वभरि १५ हजार सदस्य रहेको छ । क्लबले गरिबी निवारण गर्न अन्तर्राष्ट्रिय निजी क्षेत्र र सम्बन्धित मुलुकको सरकारसँग साझेदारीमा काम गर्दछ ।
क्लबले पुँजीमा पहुँच, वितरण ,नवीनता, एसएमई वृद्धि र कृषि, पूर्वाधार, ऊर्जा, उत्पादन, शिक्षा क्षेत्रमा सहयोग गर्दै आएको छ ।
कमन वेल्थ बेलायतको उपनिवेश भएर स्वतन्त्र बनेका राष्ट्रका व्यवसायीको संस्था भएता पनि नेपालको गरिबी निवारण र युवा शक्तिलाई स्वदेशमै उत्पादनमुखी बनाउने उद्देश्यले नेपाललाई आमन्त्रित सदस्य बनाएको अध्यक्ष गिरीले बताए ।
सीई क्लबसँग व्यवसायी र सरकारका सयौं विज्ञहरूको अन्तर्राष्ट्रिय नेटवर्क छ जुन रोजगारी सिर्जना गर्न र गरिबी निवारण गर्न सीइ को माध्यमबाट आर्थिक र सामाजिक रुपमा तयार रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
हाल जापानमा बसेर आफ्नो व्यवसाय गर्दै आएका गिरीले तत्काल नै नेपालका केही समुदायलाई सहयोग र उत्पादनमुखी व्यवसायमा लाग्न प्रेरित गरेर आयोजना नै संचालन गर्ने बताए । कमन वेल्थ इण्टर्प्रेनरको मुख्य कार्यालय बेलायतको लन्डनमा छ ।


