गोरखा समाचारदाता
गोरखा – अनाधिकृत रुपमा गोरखा जिल्ला प्रवेश गर्ने २ जनालाई पनि क्वारिन्टीनमा राखिएको छ ।
तनहुँको आँबुखैरेनी र गोरखाको मजुवा देउराली जोड्ने पुलबाट हिडेरै प्रवेश गरेका उनीहरुलाई क्वारिन्टीनमा राखिएको हो ।
जिल्ला प्रवेश गरेको उनीहरुलाई गोरखा नगरपालिकाको निर्माण गरेको कुवाडी डाडाँमा रहेको मनकामना बहिरा आवासिय विद्यालयमा रहेको क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ ।
शुक्रबार बिना अनुमती जिल्ला प्रवेश गरेको बारपाक सुलिकोटा र सिरानचोक गाउँपालिकाका १÷१ जनालाई क्वारिन्टीनमा राखिएको हो ।
बैशाख ३१ गते ४ जना, जेष्ठ १ गते ८ जना र २ गते २ जनालाई गरी अहिले सम्म १४ जनालाई क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ ।
तस्बिर : रणसिं दल गोरखा


