गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।
शुक्रबार एक बालकसहित थप ९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा काठमाडौं सतुंगलका ७ वर्षीय बालकसहित पर्सा, उदयपुर र दाङमा गरि थप ९ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमा वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिला रहेका छन् । त्यस्तै उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङ तुल्सीपुरका २३, ३४ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
दाङमा पहिलो पटक संक्रमित फेला परेको हो । संक्रमित सवैको स्वास्थ अवस्था सामान्य रहेको र अस्पतालको आईसोलेसनमा राखेर उपचार भैरहेको छ ।
यसअघि हिजो (शुक्रबार)नै बाँके नरैनापुरका ८ र मकवानपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नरैनापुरका सवै संक्रमित भारतवाट आएका ब्यक्तिहरू हुन ।




















