गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) संघीय संसदमा पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने उल्लेख गरिएको छ ।
सीमा व्यवस्थापन गर्न थप बोर्डर आउट पोष्ट स्थापना गर्ने समेत उनले बताइन् । सरकारी अधिकारीहरुका अनुसार नेपालको हालको नक्सामा लिम्पियाधुरासहित केही क्षेत्र समावेश छैन ।
संसदीय समितिहरुले छुटेको क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएपनि अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।


