गोरखा समाचारदाता
गोरखा – अनाधिकृत रुपमा गोरखा जिल्ला प्रवेश गर्ने १२ जनालाई क्वारिन्टीनमा राखिएको छ ।
तनहुँ र गोरखा जोड्ने पुलबाट प्रवेश गर्न लागेको उनीहरुलाई क्वारिन्टीनमा राखिएको हो ।
जिल्ला प्रवेश गरेको सबैलाई गोरखा नगरपालिकाको कुवाडी डाडाँमा रहेको मनकामना बहिरा आवासिय विद्यालयमा र नेपाली सेनाको क्वारिन्टीनमा राखिएको गोरखा नगरपालिकाले जनाएको छ ।
बिना अनुमती जिल्ला प्रवेश गर्न खोज्ने ११ जनालाई बिद्यालयमा र १ जनालाई नेपाली सेनाको रणसिं दल गणमा राखिएको छ । गणमा राखिएका ब्यक्ति नेपाली सेनाको भोजपुरमा कार्यरत जवान हुन् ।
स्कुलमा राखिएकाहरु मध्ये बैशाख ३१ गते रौतहटबाट ईट्टा लिएर आएको ट्रकमा सवार ४ जना र जेष्ठ १ गते पालुङटार नगरपालिकाका ३ जना, सिरानचोक गाउँपालिकाका १ जना, गोरखा नगरपालिकाका २ जना र धादिङका १ जनालाई राजधानीबाट फर्कदै गर्दा नियन्त्रणमा लिएर क्वारिन्टीनमा राखिएको हो ।


