काठमाडौं– कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिनुअघि नै गाायक हिमाल सागर सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका थिए । सांगीतिक कार्यक्रमका लागि भन्दै करिव तीन साताका लागि अमेरिका पुगेका गायक हिमाल सागर अमेरिकामै कोरोनाको महामारी फैलिएर लकडाउनको घोष्ण भएपछि उतै अड्किएका छन् । गायक हिमाल सागरले लकडाउनका कारण आफू विगत ७० दिनदेखि अमेरिकामै बस्न बाध्य भएको बताएका छन् । ‘नेपाल फर्किने मिति अझै निश्चित भएको छैन, हिमालले सुनाए ।
अमेरिकामा थुनिएको अनुभव गरिरहेका गायक हिमाल सागर भन्छन् ‘अहिले मेरो जीवन एउटा कैदीको जस्तो भएको छ, न साथीभाइहरुसँग भेटघाट हुन्छ न त रमाइलो नै गर्न पाइन्छ । घुमफिर तथा सपिङ गर्न जाने कुरा पनि भएन । लकडाउनले जनजीवन बिगारेको छ । यो अवस्था कतिदिन रहने हो कसैलाई थाहा छैन ।’ गायक हिमाल सागरले अमेरिकामै समेत नेपालीहरुकाले ज्यान गुमाउँदा तथा विश्वभरीमा हरेक दि हजारौं मानिसहरुको निधन खबरले आफू समेत असुरक्ष्ँित महसुस गर्न थालेका छन् ।
‘आत्मबल कम भएको छैन, मेरो तर्फबाट आवश्यक सतर्कता अपनाइरहेको छु । लकडाउनको नियम पालना गरेको छु । अमेरिका पुगेरर जम्मा एउटा मात्र सांगीतिक प्रस्तुती दिन भ्याएका गायक हिमाल सागरले उक्त कार्यक्रममा समेत खासै धेरै दर्शक पाउन सकेनन् । हिमाल सागर नेपालबाट भर्जिनिया, टेक्सास, क्यालिफोर्निया, सनफ्रान्सिस्को आदि स्थानमा आयोजना हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन त्यता गएका थिए । यतिबेला उनी उनी भर्जिनियाको विन्चेस्टरमा छन् ।
अहिलेको भयावहस्थितिमा उनले अमेरिकाकबाटै नेपाल सरकारलाई समेत ध्यानाकर्षण गराउन चाहेका छन् । कोभिड १९ बाट विश्व नै आक्रान्त बनेको अहिलेको अवस्थामा आफू पनि अछुतो नरहेको भन्दै हिमाल सागरले आफू जस्ता अरु थुप्रै नेपाली पनि समस्यामा रहेकोले चाँडो भन्दा चाँडो सुलभ तरिकाले विदेशमा रहेर आपतमा परेका नेपालीहरुलाई स्वदेश फर्किने वातावरण मिलाउन नेपाल सरकारलाई अनुरोध गरेका छन् ।
स्वदेश फर्केपछि कोरोना संक्रमण नियन्त्रण गर्न आवश्यक पर्ने आइसोलेसन, क्वारेन्टाइन जस्ता नियम सबैलाई लागू गरियोस् भन्दै गायक सागरले आफूले पनि उक्त कुरा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतसहितका अन्य धेरै वटा देशहरुले आफ्ना नागरिकहरुलाई आफ्नै देश फिर्ता लैजाने वातावरण मिलाइसकेकोले यसतर्फ ध्यान दिन गायक हिमाल सागरले नेपाल सरकारसँग आग्रह गरेका छन् ।
हिमाल सागरको भनाइ छ- ‘भिजिट भिसामा गएकाहरु पनि कोरोनाका संक्रमणका कारण अमेरिकामै रोकिन बाध्य भएका छन् भने कतिपयको कोरोनाको संक्रमणबाट निधन समेत भएको छ ।’ कोरोना संक्रमणकै कारण अर्जुन पोखरेलको संगीतमा रहेको ‘कसलाई हेरौं हेरौं लाग्दैन र राम्री देखेपछि’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गर्न नपाएका हिमाल सागले अमेरिकाबाट नेपाल आएपछि रेकर्ड भइसकेका केहि नयाँ गीतहरुको म्युजिक भिडियो बनाउने योजना समेत रोकिएको बताएका छन् । ‘कोभिड १९’ ले आफूसहित सम्पूर्ण नेपाली कलाकारिता क्षेत्रलाई समेत नराम्रो प्रभाव पारेको हिमाल सागरको बुझाइ छ ।


