गोरखा समाचारदाता
बिरगञ्ज – पर्सामा उपचाररत कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली हान्न पाउने भएको छ ।
जिल्लामा बुधबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई उपचाररत अस्पतालबाट कोरोना संक्रमित भागे वा कोशिस गरे गोली हान्ने अधिकार दिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पनि केन्द्रले उत्त निर्णय गरेको कुरा पुष्टी गरेको छ ।
बुधबार नारायणी उपक्षेत्रीय अस्पतालबाट २ जना संक्रमित भागे पछि केन्द्रले यस्तो कठोर निर्णय गरेको हो । प्रहरीले दुवै जनालाई बुधबार नै पक्राउ गरिसकेको छ ।




