गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल एयरलाइन्सको जहाजले जापानको उडान गर्दैछ ।
लकडाउन पछि नेपालमा रोकिएका केही जापानिज नागरिक र बिदामा जापानबाट नेपाल आएका कामदार र विद्यार्थी लैजानका उडान भर्न लागेको हो ।
निगमको वाइडबडी जहाजले आज राति ९ बजे नारिता उड्ने तयारी पुरा गरेको नेपाल वायु सेवा निगमले जानकारी दिएको हो ।
निगमका अनुसार २५० यात्रु लिएर नारिता उड्ने छ ।
निगमले यसअघि चैत २८ गते नारिताको लागि चार्टर्ड उडान भरेको थियो ।
निगमले यो महिनामात्रै जापानमा तीन वटा चार्टर्ड उडान गर्दैछ । आगामी मे १७ र २२ मा पनि नारितमा चार्डड उडान गर्दैछ ।
निगमका तीनवटै चार्टर्ड उडानका जहाज नेपाल फर्कँदा रित्तै हुनेछन्। निगमको वाइडबडी जहाज काठमाडौँको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौँ–नारिता चार्टर्ड उडानको अनुमति लिएको निगमले जनाएको छ।


