गोरखा समाचारदाता
काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दैछ ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्न कांग्रेसले दिउसो संसदीय दलको बैठक बोलाएको हो ।
अपरान्ह ४ बजे संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । त्यसअघि कांग्रेसले संसद भवनमै संसदीय दलको बैठक राखेको हो ।
समसामयिक राजनीतिका साथै सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीको धारणा तय गर्न बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।


