गोरखा समाचारदाता
काठमाण्डौं – पूर्वराजा ज्ञानेन्द्र शाह झापाको दमकबाट राजधानी फर्कदै छन् ।
लकडाउनको बेला सवारी पास आवश्यक भए पछि उनको सचिवालयले प्रशासनमा बिहिबार निवेदन दिएका थिए ।
शाहलाई राजधानी जानका लागि ई पास उपलब्ध गराइको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दमकको हिमालय महालक्ष्मी चिया बगानबाट उनी शुक्रबार बिहान सवारी साधन पास लिएर काठमाण्डौ आउदै छन् ।
सरकारले चैत ११ गते लकडाउन लागू गर्नु पूर्व देखि नै शाह झापामा बस्दै आएका थिए । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाहसमेत ५ जनाको सवारी पास जारी गरिएको बताए ।
अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि मन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिए ।


