एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।
कोरोना भाइरस संक्रमणको विषयमा चीनसँग रुष्ट हुँदै उनले यस्तो चेतावनी दिएका हुन् ।
एउटा अन्तरवार्तामा उनले अमेरिकाले चाहेमा चीनसँगको सम्बन्ध नै तोडन सक्ने बताएका हुन् ।
सम्बन्ध तोडदा अमेरिकाको ५०० अर्ब लडर बच्ने उनको भनाइ छ ।
चीनसँगको द्विपक्षीय व्यापारमा अमेरिकाले बेहारेको ठूलो घाटाप्रति संकेत गर्दै उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफुलाई राम्रो देखाउन ट्रम्पको चीन विरोधी अभिब्यक्ति आएको अनुमान गरिएको छ ।
उनले केही समयदेखि चीनले जानीजानी कोरोना भाइरस फैलाएको र सुरुमै वास्तविक जानकारी नदिएर धोका दिएको आरोप लगाउदै आएका छन् ।


