एजेन्सी – बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा रहेका २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
झण्डै १० लाख रोहिंग्याहरु बस्दै आएको स्थानमा संक्रमण देखिएपछि सो स्थान संक्रमणको नयाँ केन्द्र बन्ने आशंका गरिएको छ ।
बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका २ जनामा संक्रमण पुष्टि भएसँगै त्यहा संक्रमण तिब्र रुपमा फैलने चिन्ता स्वास्थ्यकर्मीले गरेका हुन ।
संक्रमण पुष्टि भएका रोहिंग्यालाई हाल आइसोलेशनमा राखेर उपचार सुरु गरिएको छ । कक्सको शिविरमा रहेको झण्डै १ हजार ९ सय शरणार्थीहरुलाई पनि आइसोलेशनमा राखिएको छ ।
उनीहरुमा कोरोना भाइरसको संक्रमण रहे नरहेको थाहा पाउन परीक्षण गर्ने तयारी छ । सो स्थानमा म्यानमारमा आफूहरुमाथि भएको हिंसाबाट जोगिनका लागि भागेर आएका झण्डै १० लाख रोहिंग्याहरु बस्छन् ।
साँघुरा टहरामा बस्दै आएका रोहिंग्याहरुमा महामारी सुरु भएमा तीव्र गतिमा फैलिन सक्ने सेभ द चिल्ड्रेन बंगलादेशले जनाएको छ ।
शिविरमा प्रति एक वर्ग किलोमिटरमा ४० हजार देखि ७० हजार शरणार्थी बस्न बाध्य छन् ।


