गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा नयाँ ९ कोरोना संक्रमित फेला परेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा नयाँ संक्रमित देखिएको हो ।
यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । पछिल्लो पटक बाँकेमा ८ र मकवानपुर जिल्लामा १ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेमा बाँकेको नैनापुर नगरपालिका १ मा ३ महिला र ५ जना पुरुष छन् । उनीहरुको उमेर १८ देखि ३६ वर्षसम्म रहेको छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
यसअघि बिहीबारमात्रै पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयले उपलब्ध गराएको सूचना अनुसार अहिलेसम्म देशभरि पीसीआर विधिबाट २२ हजार ६६४ वटा परीक्षण गरिएको छ । १५ हजार ६०० जना क्वारिन्टीनमा र २७२ जना आइसोलेशनमा रहेका छन् ।


