गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा गरिएको परीक्षण अनुसार ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
आज देखिएको कोरोना संक्रमण काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अरु २ जना भने धनुषा र धादिङका १/१ जना हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्षिया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।


