काठमाडौं। कोरोनाको संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा शुक्रबारदेखि लकडाउन कडाइ गर्ने गृहले निष्कर्ष निकालेको छ।
बिहीबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, पालिकाका मेयरहरु र प्रहरी अधिकारीसँग छलफल गर्दै लकडाउनलाई अझै कडाई गर्ने निष्कर्षमा गृहमन्त्रालय पुगेको हो।
छलफलमा सहभागि मेयरका अनुसार भोलि (शुक्रबार) देखि काठमाडौंका भित्रीबाटाहरुमा पनि चेकजाँच कडाइ गरिने छ। यस्तै, उपत्यका भित्रिने तथा बाहिरिने नाकामा पनि थप कडाई गरिने छ। कोरोनाबाट जोगिने एक मात्र उपाय सामाजिक दुरी र लकडाउन भएको निष्कर्ष वैठकले निकालेको उनले बताए।
गृह मन्त्रालयले आजदेखि लागू हुने गरी सबैखाले पास रद्द गरिदिएको छ। जिल्लामा पास दिनुपरे प्रजिअहरूले गृहकै समन्वयमा पास उपलब्ध गराउनुपर्नेछ।


