गोरखा समाचारदाता
चितवन – लक्की मिडिया हाउस चितवनले नयांँ बर्ष २०७७ को भित्तेपात्रो सार्वजनिक गरेको छ ।
भित्तेपात्रोको भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष डा.भोजराज अधिकारी, युवा व्यवसायी सुजन ओझा र लक्की मिडिया हाउसका प्रबन्धक हरि कार्की ‘लक्की’ले संयुक्त रुपमा सार्वजनिक गरेको हो ।
कार्यक्रममा डा.अधिकारीले कोरोना कहरको समयमा पनि लक्की मिडिया हाउसले भित्तेपात्रो प्रकाशन गरेको भन्दै कोरोना भाइरसबाट सजग र सचेत रहन आग्रह गरे । अधिकारीले यो दुःखद परिस्थिती कहिल्यै नआओस भन्दै चितवन कोरोनाको उच्चजोखिम रहेपनि हालसम्म गम्भिर अवस्था नआएको बताए।
उनले भरतपुर अस्पताललाई मेडिकल कलेजको रुपमा स्थापना गर्नको लागि प्रक्रिया अगाडि बढाईएको समेत जानकारी गराए । सो अबशरमा युवा ब्यवसायी सुजन ओझाले लक्की मिडिया हाउसले स्थापनाकालदेखि नै चितवन खबर पत्रिका तथा भित्तेपात्रो प्रकाशन गर्दै आएको भन्दै सफलताको कामना गरे ।


