गोरखा समाचारदाता
काठमाण्डौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहान अध्यावधिक गरेको विवरण सच्याएको छ।
बिहीबार बिहान ७ः४५ बजे जारी गरेको अध्यावधिक विवरण त्रुटीपूर्ण भएकाले सच्याइएको हो ।
सह–प्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा बिहान १०ः१५ मा जारी विज्ञप्तिमा ‘पछिल्लो अध्यावधिक विवरण अनुसार २५० भएकोमा प्राविधिक कारणले पहिलेनै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जानकारी गराउन चाहन्छु’ भनिएको छ ।
धनुषा, महोत्तरी र सर्लाहीमा ५ जना संक्रमित पाइएको पुष्टि बैशाख ३१ गते मंगलबार १०ः१५ बजे नै मन्त्रालयले गरेको अध्यावधिक विवरणमा उल्लेख थियो । मन्त्रालयले मंगलबार जिल्ला र उमेर मात्रै कोड गरेर विज्ञप्ती निकालेको थियो ।



