×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

रवि लामिछाने ‘भोजमा सहभागी भए’ भनेर आलोचना गर्नेहरुलाई दिपकराज गिरीले दिए यस्तो दनक (भिडियो)

  •  
  • बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । कोरोना फैलन नदिन सरकारले जारी गरेको लकडाउनका कारण अहिले कलाकारहरु घरमै छन् । उनीहरु परिवारका साथमा रमाइलो समय बिताइरहेका छन् । यसैबीचमा कलाकार तथा नायीका पुजा शर्माको भर्खरै जन्मदिन मनाएकी छन् । हरेक वर्ष साथीभाईका साथमा जन्मदिन मनाउने पुजाले यो वर्ष फेसवुक लाइभमा केक काुटेको देखाएर जन्मदिन मनाइन् ।

    तर जन्मदिन सकिएको केही दिनपछि पुजाको घरमा केही कलाकार र टेलिभिजनकर्मी रवि लामिछाने सहितको जमघट भयो । सो जमघटको तस्बिर र भिडियो सार्वजनिक भएपछि रविलामिछानेलाई केन्द्रित गरेर टिप्पणी सुरु भयो । लामिछानेले आफ्नो टेलिभिजन कार्यक्रम मार्फत सर्वसाधारणलाई लकडाउन पूर्ण रुपमा पालना गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गर्दै कार्यक्रम निर्माण गर्थे । तर उनैले लकडाउन उल्लंघन गर्दै र सामाजिक दुरीको पनि ख्याल नगरी पुजाको घरमा जमघटमा पत्नी सहित उपस्थित भएको भिडियो सार्वजनिक भएपछि उनको आलोचना भएको हो ।

    उनले आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग गराएका थिए । सो कार्यक्रममा रविले भनेका थिए घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ । बाँच्नु भएछ भने खसीको मासुको पक्कु लोकल कुखुराको रातो झोल सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर माछा फ्राई गरेर गोलभेडाको अचार बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपिथपी खानुहोला ।

    उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, पत्रकार उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ । रवि लामिछानेलाई लिएर सामाजिक सञ्जालमा टिप्पणी हुन थालेपछि सोही जमघटमा सहभागी भएका हाँस्य कलाकार दिपकराज गिरीले सामाजिक सञ्जाल मार्फत स्पष्टिकरण दिएका छन् । उनले फेसवुकमा लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका हुन् । उनले लेखेका छन् आज म लेख्दैछू ।

    लगभग १०,१२ दिन राहत बॉड्न हिडियो होला त्यो फोटो कसैले छापेन, राहत बॉढेपछि बसेर खाना खाएको र हामिले नै खिचेर हालेको फोटो लाइ आधार बनाएर मसलायुक्त समाचार छापियो त्यस्को लागि धन्यबाद छ केहि फ़िल्मी पत्रकार साथिहरूलाइ ! समाचारै लेख्दा अलि बुझेर लेख्या भए समाचार रमाइलो हुदैनथ्यो तपाइहरूको पिडा पनि बुझ्छू म । शनिवार भोज गरे भनेर लेखेका छन् साथिहरूले, जबकि त्यों फोटो सोमबारको हो, तपाइहरूको स्क्रिप्ट यहि बाट चिप्लिन सुरू भो !

    तपाइहरूले लेख्नु भएको स्क्रिप्ट मा केहि सत्य कुरा नि हालौ है त ? कुरा हो सोमबारको, जति बेला काठमान्डौमा लकडाउन केहि खुकुलो भएको थियो सडकमा मज्जाले गाडिहरू गुड्न थालेका थिए अनि हामि चलचित्रकर्मीहरू अनुरागजीले बितरण गरेको एक राहत कार्यक्रम मा सहभागी भयौ !

    दिनभर भोकाएका थियौ, पसलहरू बन्द थिए अत, अनुरागजी कॉहा नै खाना खाना जाने कुरा भयो, रबिजी लाइ मैले कल गरे उहॉ आउनु भयो सामान्य भोजन गर्यौ, न कुनै तडक भडक गर्यौ, न त्यो कुनै पार्टी नै थियो । जहां सम्म रबी लामिछाने जी को कुरा छ उहॉ लाखौ नेपालीहरूको आशाको केन्द्र हो अतस् उहॉ माथिको प्रहार गलत छ र त्यो आरोप मा एक रत्ती सत्यता पनि छैन, त्यो दिन पनि मैले कल गर्दा उहॉ आउन चाहनु भएको थिएन, एक त धेरै लामो समय देखि हामि भेटेका थिएनौ !

    मैले नै उहॉलाइ यो परिस्थितिमा एक अर्का संग कसरी हातेमालो गरेर अघि बढ्न सकिन्छ छलफल पनि गरौ ,लकडाउन पनि अब खुकुलो हुने क्रममा छ भनेपछि उहॉ आउनु भयो , सामान्य खाना खायौ।। थुप्रै राम्रा योजनाको बारेमा छलफल पनि गर्यौ, त्यहि वेला ३४ जना नयॉ संक्रमित थपिएको समाचार आयो, रबिजीले नै भन्नु भयो “ओहो अबस्था फेरीयो अब छुट्टिनु पर्छ अब हामि भिडियो च्याट मैं कुरा गरौला “उहॉ निस्कनु भयो हामि पनि घर आयौ ।मसला नभएको कथा चाहि यहि हो !

    तैपनि हामि बाट एउटा गल्ति चाहि भयो, सडकमा खाना बॉडेको फोटो त फेसबुकमा हाल्नु हुदैन भन्ने हेक्का थियो तर साथिहरूले सामान्य खाना खाएको फोटो भने हाल्न पुग्यौ । “लखर लखर हिडेर म दि रा पार्टी गरेर ,नॉचगान गरेर उ च्छृं खलता प्रस्तुत गरेको अबस्था पनि होइन , राम्रो काम गरेर आएर खाना खाएको फोटो मात्रै हो । ब्याख्या आ आफ्नै ढंगले गर्न सबैलाइ छुट छ । जय नेपाल

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, जेठ ०१, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.