गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना संक्रमित केही दिन यता बढ्ने क्रम जारी रहेको छ । आज पनि थप ७ जना कोरोना संक्रमित पुष्टी भएको छ ।
सनिबार विभिन्न जिल्लाका ७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो संगै नेपालमा १०९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५, ६५ वर्षका महिलाहरु रहेका छन । त्यस्तै कपिलवस्तुका १७, १८ र १८ वर्षका तीन किशोरमा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तै गरी पर्साको छपकैयामा ६२ बर्षिय पुरुष कोरोना संक्रमित भएको छ । संक्रमित भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई सम्बन्धित ठाउँको कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । शुक्रबार नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको थियो । नेपालमा हालसम्म ३१ जना संक्रमणमुक्त भइसकेका छन् ।


