काठमाण्डौ । नायिका सुहाना थापाको आज जन्मदिन परेको छ । २०७६ सालको छेकोमा रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ बाट नेपाली रजपटमा भित्रिएकी नायिका सुहाना थापा आजबाट २३ वर्षमा लागेकी छिन् ।
२३औँ वर्षमा प्रवेश गरेकी सुहानालाई जन्मदिनको अवसरमा धेरै चलचित्र कर्मी तथा उनका शुभचिन्तकहरूले सामाजिक संजालमा शुभकामना दिइरहेका छन् । चलचित्र ‘ए मेरो हजुर ३’ बाट डेब्यु गरेकी नव-नायिका सुहाना पहिलो चलचित्रबाटै चर्चामा आइन् ।
निर्देशक तथा अभिनेत्री झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी हुन्, सुहाना । कुनै समय पहिले नेपाली चलचित्र क्षेत्रमा निकै नै व्यस्त तथा चल्तीकी नायिका झरना थापाको छोरीको रूपमा परिचित सुहानाले अहिले आफ्नै नामले चिनिन थालेकी छिन् ।
कोरोना रोकथामको लागि गरिएको लकडाउनका कारण आज सुहानाले आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् ।




















