सुदिप ढकाल
जिल्ला प्रहरी कार्यालय , जिल्ला अस्पताल गोरखा लगाएत बिकाश निर्माणमा खटिएका मजदुरहरु काममा फिर्ता भएकाछन् । लक्डाउनको यो अबस्थामा कामदार फिर्ता गरेर बिकाश निर्माणलाइ निरन्तरता दिनु ठिकै होला, तर आएका मजदुर मा गतिलो स्वास्थ्य परिक्षण गरिएको छैन , आएका मजदुरहरु साँझ बिहान भट्टि/भट्टिमा देखिन थालेका छन् । दैनिक उपभोग्य सामानका पसले (साहु)हरुलाई केहिदिन अघि समाएर थुन्न सक्ने जिप्रकाले आफ्ना मजदुरलाई निश्चित ठाउँमा राखेर काम लगाउन सक्दैन ?
सिडियो साब र एसपी साब बाट पहुँचको आधारमा उतिकै सवारी पास बितरण भएको छ । सरकारवादी त दलका नेता होलान् कानुनलाई पालना गराउने प्रशासन पनि सरकारबादी दलका कार्यकर्ता भन्दा बफादार कार्यकर्ता बनेर देखाएको चैते तरिका नाजायज पक्कै छ । कोभिड–१९ को कहर बाट बचाउँन भनि सरकारले लक्डाउन घोषणा गरेको छ ।
सर्वसाधरण जनताले त्यसको भरपुर कार्यान्वयन गरेकै छन् तर ठुला मान्छेको पहुँचमा कत्तिपनि लक्डाउन देखिएन । के साना मान्छेले पालना गरेर मात्र कोरोना कहर बाट जोगिन सकिन्छ ? केही दिन देखि हामिले हेर्यौ, सर्बपक्षिय बैठक बाट यसको निधान र गलत प्रबृतिको अन्त्य होला भनेर बस्यौ तर झनै पहुँचको आधारमा प्रशासन लाहाचार बन्दै समाज अस्तब्यस्त बनाउन तिर उद्दत देखियो ।
सिडियो साब, एसपी साब तपाई जागीरको लागि गोरखा आउनु भएको हो । सिमित समयावधिका पाहुना हुनुन्छ । तपाईं संग यस जिल्ला प्रति उत्तरदायित्व पक्कै छ तर हामी यहि जन्मेर निरन्तर समाज सेवामा खटिएका मान्छे हौ र यस जिल्लाको सामाजिक उत्तर दायित्व हामी संग पनि कम छैन । यदि जनताले यस्ता गतिबिधिको सडकमा निस्केर बिरोध गर्न थाले र समानताको लागि आन्दोलन गरे भने सरकारको योजना असफल त पक्कै हुन्छ संगै कोरोना कहर बाट मुलुक ध्वस्त हुन सक्छ ।
जिम्मरवार बन्नुस् । आफ्नो उत्तर दायित्व संझनुस, धन्यवाद ।
- कामदार को उचित ब्यबस्थापन गरियोस् ।
- पहुँचका आधारमा बाँडिएका सवारि पास फिर्ता गरियोस् ।
- आबस्यकिय ब्यक्ति,सेवाप्रदायक संघ संस्था पहुँच नपुगेर अत्याबस्यक काम बाट बन्चित छन् ध्यान जावस् ।
- सर्वदलिय सर्ब पक्षिय बैठक सत्तासाझेदार भन्दा बाहिर सम्म आवस् ।
- श्रमजिवि , पहुँच बाहिरका जनताले पनि राज्यको अनुभुति गर्न पाउनु पर्यो ।
- छिटोभन्दा छिटो सर्वदलिय सर्वपक्षिय बैठक ,(बरु अनलाईन सिस्टम बाट) भए पनि बोलाईयोस् ।
पुनश्च: राज्यका सकारात्मक गतिबिधिका लागि संगै सहकार्य आम जनताले गर्नेछन् ।




















