काठमाडौं– चलचित्र अभिनेता आकाश श्रेष्ठलाई पनि जारी लकडाउनले कवि बनाएको छ । फुर्सदको समय सदुपयोग गर्दै उनले एउटा कविता रचना गरेका छन् । उनले आफ्नो रचनाको कवितालाई मंगलबार दिउँसो करिव पौने चार बजे फेसबुकमा अपलोड गरेका हुन् ।
उनले कविता अपलाडे गेको करिव आधा घण्टामै त्यसले राम्रो प्रतिक्रिया पाएको छ । यो सामग्री तयार गरुञ्जेलसम्ममा उक्त कविताले ६ सय २४ रियाक्सन, १ सय ५ कमेन्ट पाएको छ भने ३२ जनाले त्यसलाई शेयर गरेका छन् । तपाईं पनि पढ्नुहोस् अभिनेता आकाश श्रेष्ठको कविता :
म तिम्रो सोच देखेर हैरान छु अचेल
र
सोचिरहेछु कतिन्जेल
प्रर्दशन गरिराखौला र त्यो रुप
जुन दिन दुनियाँले तिम्रो
एक मान्छे भित्रको दुई रुप देख्नेछन्
तब
तिमी भित्रै रहेको तिम्रै
अहंमता र अहंकारले तिम्रो
अस्तित्व समाप्त पार्दै
जानेछ ।
हिंड्नु छ धेरै पर
पुग्नु छ आफ्नै गन्तव्य
छर्नु छ एक अञ्जुलि खुशी
त्यसैले
तिम्रो अंहम र अहंकार तिमीसगैँ राख
रातपछिको एक सुनौलो
बिहान हेर्नै बाकिँ
छ ।
धन्यवाद




















