गोरखा समाचारदाता
गोरखा – गोरखा उद्योग बाणिज्य संघले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई खाद्य सामाग्री हस्तान्तरण गरेको छ ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) का विरामीहरुलाई उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले पाउने गरी खाद्य सामाग्री हस्तान्तरण गरेको हो ।
गोरखा नगरपालिका भित्र रहेको आईसेलेसन र क्वारेन्टाइनमा खटिएका स्वास्थ्य कर्मचारीहरुले पाउने गरी आईतबार संघले नगरपालिकालाई खाद्य सामाग्रीहरु हस्तान्तरण गरेको संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले बताए ।
संघका पदाधिकारीहरुको एक टोलीले कार्यालय परिषरमा नगर प्रमुख राजनराज पन्त र उप प्रमुख बिनाकुमारी श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।
संघले पिउने पानी र ड्राईफुड (चाउचाउ) उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । हस्तान्तरण गरिएको खाद्य सामाग्रीमा १०० कार्टुन पानी र ५० कार्टुन ड्राईफुड रहेको संघका सचिवलयका कर्मचारी दिपेन्द्र श्रेष्ठले जानकारी दिएको छ ।


