गोरखा समाचारदाता
गोरखा – विप्लव कार्यकर्ता एवं गोरखा जिल्ला सेक्रेटी योगेन्द्र कुमाललाई सार्वजनिक हित बिरुद्वको मुर्दा दर्ता गरी कारवाही प्रकृया अघि बढाएको छ ।
कुमाललाई प्रहरीले कुमाललाई गोरखा नगरपालिका १२ को कुन्दरटारमा रहेको उनकै घर छेवैबाट नियन्त्रणमा लिएको हो ।
चैत्र २१ गते शुक्रबार नियन्त्रणमा लिएको कुमाललाई प्रहरीले चेक जाँचका क्रममा अभद्र ब्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय गोरखामा आईतबार सार्वजनिक हित बिरुद्वको अपराधमा मुद्वा दर्ता गरी कारवाहीको प्रकृया अघि बढाएको हो ।
शुक्रबार साँझ ६ बजे पक्राउ परेका कुमाललाई प्रहरी टोली माथि अभद्र ब्यवहार गरेको र कानून बमोजिम काम कारबाही गर्न बाधा पुरयाएको भन्दै सार्वजनिक मुद्वा दर्ता गराई कारवाही प्रकृया थालिएको प्रहरी उपरिक्षक ओमप्रसाद अधिकारीले बताए ।
कुमाल जिल्ला सेक्रेटी सहित केन्द्रिय तहको जिम्मेवारीमा रहेको प्रहरीले जनाएको छ ।


