×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सुधारिएको भट्टी प्रयोग गर्न नसक्दा किसानले अलौचीको मुल्य पाएन

  •  
  • शनिबार, चैत २२, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाका किसानहरुले कम मुल्यमा अलौची बेच्न बाध्य भएका छन ।

    बगान सुधार गर्न नसक्दा र आधुनिक भट्टी नहुदा किसानले अलौचीको मुल्य कम पाएका हुन ।

    सिरानचोक गाउँपालिकाको थालाजुङका किसानले कुनै बेला प्रति किलो २२०० रुपैयाँ सम्ममा बिक्री गरेको अलौची अहिले ५७५ रुपैयाँमा बेच्न बाध्य छन । त्यसैको मारमा परेका छन पुराना किसान धनबहादुर गुरुङ्ग गुरुङ ।

    उनले गाउँमा अलौची खेतीको ब्यावसायीक खेती सुरु गर्दा जिल्लाका अन्य किसानले अलौची के हो भन्ने सम्म पनि थाहा पाएका थिएनन् । थालालुङको भिर पखेरामा १० हजार झाङ भन्दा बढी अलौची खेती गरेका गुरुङले यो बर्ष ५७५ रुपैयाँ प्रति किलो अलौची बेच्न बाध्य भएका छन । अलौचीलाई खोल्सीको सुन भन्ने गरिन्छ ।

    अलौचीको मुल्य पाउने उनी एक मात्र पात्र हुन । जिल्लामा त्यस्ता अलौची खेती गर्ने दर्जनौ किसानहरु छन । उनीहरुको पनि यस्तै हालत छ अहिले । गुरुङको अनुभवनमा किसानले विगत देखी नै अलौची लगाउने तरिका एउटै अपनाएका छन ।

    अलौची लगाएर त्यसै छाडिदा मात्र त्यसको मुल्य नआउने उनको अनुभव छ । गुरुङ भन्छन् बगानको सरसफाई नहुदा र पर्याप्त सिंचाईको ब्यवस्था नहुदा पनि अलौचीको गुणस्तरमा सुधार आउन नसकेको हो । त्यसबाहेक पनि अलौचीका लागि आवश्यक मल र उत्पादन पछि आधुनिक भट्टीमा राखेर सुकाउन नसक्दा पनि कम गुणस्तरको अलौची निस्कने र किसानले मुल्यन नपाउने उनको धारणा छ ।

    कम गुणस्तर भएकै कारण किसानको घरमा आएर अलौची उठाउने ठेकेदारले मुल्य कम दिने र किसानले त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता रही आएको छ । त्यस भेगका किसानको अनुभवमा ०७१÷०७२ सालमा ठेकेदारले किसानको घरैबाट प्रति केजी २२०० रुपैयाँ दिएर अलौची खरिद गरेका थिए । तर त्यस पछिका बर्षहरुमा भने गोरखाका किसानहरले अलौचीको मुल्य राम्रो पाउन सकेको छैन ।

    कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाको बुझाई पनि उस्तै छ । किसानले अलौची लगाए पछि उत्पादनका बेला मात्र बगान जाने बानी सुधार गनुपर्ने बताउछिन् । बगानलाई गोडमेल र सिंचाईका साथै प्रर्याप्त मल नदिदा गोरखाका किसानले गुणस्तरिय अलौची निकाल्न नसकेको र मुल्य कम पाएको उनको धारणा छ ।

    त्यसो त बजार मुल्य भनेकै प्रतिस्पर्धामा आधारित हुने हुनाले उत्पादन कम हुदा मुल्य धेरै पाउने र धेरै उत्पादन हुदा मुल्य कम हुने गर्दछ । थापाको बिचारमा किसानले अलौचीलाई ग्रेडिङ नगर्दा पनि मुल्यमा कमी आएको हो ।

    तस्बिर सौजन्य मनिता थापा

    त्यसो त जिल्ला कृषि ज्ञान केन्द्र गोरखाले यो पटक अलौची किसानको माग अनुसार सिरानचोक गाउँपालिकामा आधुनिक भट्टीको निर्माण गर्दै छ । आगमी बर्ष भीमसेन थापा गाउँपालिकाम निर्माण गर्ने योजना बनाएको छ । अन्य दुई स्थानमा भने गैर सरकारी संस्थाले भट्टी निर्माणको काम गरिरहेको छ । कार्यालयले सिंचाईकालागि पाईप, मल र बगान गोडमेलका लागि किसानलाई अनुदानको समेत ब्यवस्था गरेको छ ।

    केन्द्रले दिएको जानकारी अनुसार जिल्लाको अजिरकोटको सबै वडामा, सिरानचोकको थालाजुङ, भीमसेन थापाको तान्द्राङ र आरुघाट गाउँपालिकाको मान्बुको गरी १३२ हेक्टर जमिनमा अलौची खेती हुने गरको छ । केन्द्रले यो बर्ष २९ मेट्रिकटन अलौची उत्पादन हुने अनुमान गरेको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, चैत २२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.