गोरखा समाचारदाता
गोरखा – बेलायतको रसमोर बरो काउन्सिलका डेपुटी गर्भनरको सम्भनामा मौनधारण कार्यक्रम सम्पन्न गरेको छ ।
गर्भनर फ्र्यांङ्क रोष्टको कोरोनाका कारण ज्यान गएको गए पछि उनको सम्झनामा गोरखा नरपालिकाले एक कार्यक्रम गरी मौनधारण सम्पन्न गरेको हो ।
बेलायतस्थित नेपाली दूतावासको पहल र स्थानीय काउन्सिलसंगको सहकार्यमा गोरखा नगरपालिकाको र रश्मोर शहरको भगिनी सम्बन्ध कायम भएको थियो । उत्त सम्वन्धका लागि महत्व पुर्ण योगदान दिने रोष्टको कोरोना भाइरसका कारण निधन भए पछि नगरपालिको उनको सम्मानमा मौनधारण सम्पन्न गरेको थियो ।
कार्यक्रममा रोष्टको असामयिक निधनले गोरखा नगरपालिका र नगरबासीलाई स्तब्ध बनाएको नगरपालिका मेयर राजनराज पन्तले बताए ।
भगिनी सम्वन्ध पछि सांस्कृतिक, प्रजातान्त्रिक, प्राविधिक र शैक्षिक अवसरहरु एकअर्काबीच आदानप्रदान गर्ने सहमति भएको नगरपालिकाले जनाएको छ । दुवै निकायबीचमा भ्रमण, सामाजिक आर्थिक विकासमा हातेमालो, संयुक्त अनुसन्धान, विभिन्न परियोजना सञ्चालन, भौतिक पूर्वाधार निर्माण र सुशासनमा समेत सहयोग गर्दै अघि बढ्ने सहमती भएको थियो ।
आउने चुनावमा रोष्ट मेयरको उम्मेदवार थिए । मौन धारण कार्यक्रममा मेयर राजनराज पन्त, उपमेयर बिनाकुमारी श्रेष्ठ, नगर कार्यपालिका सदस्यहरु, सवै वडाका वडाध्यक्षका साथै नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



