गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाले आज १२ किलो बजार देखी खैरेनी पुल सम्म क्लोरिन झोन छर्कने भएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस (कोडिभ–१९) को संक्रमणलाई कम गर्ने उद्वेश्यका साथ नगरपालिकाले आज (बिहिबार) खैरेनी पुल सम्म झोल छर्कन लागेको हो ।
नगरपालिकाले यस अघि पनि गोरखा नगरपालिका क्षेत्रको विभिन्न स्थानमा क्लोरिन झोल छर्कने काम सम्पन्न गरिसकेको छ । अन्तिम चरण अन्तरर्गत आज नगरपालिकाले दिउसो ३ बजे ६ बजे सम्म उत्त क्षेत्रमा झोल छर्कने तयारी गरेको हो ।
नगरपालिकाले सूचना जारी गर्दै १२ किलो देखी खैरेनी पुल सम्मका राजमार्ग वरपरका घरहरुका मानिसलाई घर बाहिन ननिस्कन, खाद्यान्न र कपडा घर बाहिर नराख्न अनुरोध समेत गरेको छ ।



