गोरखा समाचारदाता
काठमाण्डौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो ।
घटेको मूल्य बिहीबार देखी लागू हुने छ । काठमाडौंमा पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर ९६ र डिजेल र मट्टितेलको खुद्रा बिकी मूल्य ८५ प्रतिलिटर कायम गरिएको छ ।
हवाई ईन्धनमा प्रतिलिटर १५ घटाई ७५ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ । खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखिएको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएका कारण अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमीका कारण इन्डियन आयल कर्पोरेसनबाट नै मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।




