गोरखा समाचारदाता
गोरखा – नगर क्षेत्र भित्रको औषधी पसल, निजी अस्पताल र पोलिक्लिनिक खोलेर सेवा दिन गोरखा नगरपालिकाले भनेको छ ।
सेवाग्राहीहरुले निजि अस्पताल, पोलिक्लिनिक र औषधी पसलले सेवा नदिएको बारेमा गुनासा गर्न थाले पछि नगरपालिकाले अब देखी अनिबार्य रुपमा स्वास्थ्य सेवा दिन भनेको हो ।
नगरक्षेत्र भित्र रहेको औषधी पसल, निजी अस्पताल तथा पोलिक्लिनिकलहरुले ओपिडी सेवा दिन छाडेको भन्दै नगरपालिकामा गुनासा तथा उजुरी पर्न थाले पछि बुधबार बसेको नगरपालिकाको बैठकले ‘ औषधी पसल तथा निजी अस्पताल र पोलिक्लिनिकहरुले नेपाल सरकारले जारी गरको सम्पूर्ण सेवाहरु सुचारु गर्न’ भनेको हो ।
सूचनामा भनिएको छ ‘ औषधी पसल खुल्ला गरी आफु संग भएका औषधी बिक्री वितरण गर्ने तथा निजी अस्पताल र पोलिक्लिनिकहरुले नियमित सेवा प्रवाह गरी ओपिडी र इमरर्जेन्सी सेवा नियमित रुपमा संचालन गर्न गराउनु हुन अनुरोध छ साथै सेवा प्रवाह नगरेको पाइएमा कानून बमोमिम कारवाही हुने कुरा जानकारी गराइन्छ’ भनिएको छ ।
विश्वभर कोरोना भाइरस (कोडिभ–१९) को कहर देखिन थाले पछि सबै निजि अस्पतालले ओपिडी तथा इमरर्जेन्सी सेवा बन्द गरेका छन । उत्त सेवा बन्द गर्दा सर्व साधारणले सामान्य स्वास्थ्य उपचारबाट समेत बञ्चित हुने अवस्था र्सिजना भएको छ ।



