गोरखा समाचारदाता
गोरखा – पालुङटारमा मास क्वारेन्टाइन स्थापना गरिएको छ ।
पालुङटार नगरपालिका ५ को धरमपानीमा रहेको धर्मावती प्राविमा मास क्वारेन्टाइन स्थाना गरिएको हो ।
बन्द भएको स्कुलमा १८ वेडको मास क्वारेन्टाइन स्थापना गरिएको नगरपालिकाकी उपमेयर पन्फा बसेलले बताईन । तत्कालका लागि बन्द भएको स्कुलमा १८ वेडका क्यारेन्टाइन बनाएको र आवश्यताको आधारमा थप गर्दै जान सकिने गरी अरु स्कुललाई पनि छनौट गरीएको उपमेयर बसेलले बताईन ।
विदेश तथा भारतबाट आएका तथा घर भएर पनि घरमा बस्न नमान्नेहरुका लागि क्वारेन्टाइन स्थल तयार गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइन स्थापना गनुपूर्व नै नगरपालिका भित्र विदेश तथा भारतबाट ४२ जना आएका र उनीहरु अहिले पनि सेल्फ क्वारेन्टाइनमा बसी रहेका छन । यस बाहेक पनि नगरपालिकाको २ नम्बर वडामा रहेको जनता माविमा ४ वेडको क्वारेन्टाइन स्थापना गरिएको छ ।
नगरपालिकाकै खर्च तथा ब्यवस्थापनमा तयार भएको उत्त क्वारेन्टाइन स्थलमा खाना तथा तातो र चिसो पानीको समेत ब्यवस्था गरिएको छ ।
क्वारेन्टाइन स्थाल सुरक्षाका लागि २ जना नेपाल प्रहरीका जवान र २ जना अन्य स्थानिय कुरुवा समेत राखिएको नगरपालिकाले जनाएको छ ।





















