गोरखा समाचारदाता
गोरखा – गोरखाको भीमसेन थापा गाउँपालिकाको बोर्लाङमा प्रत्येक घरलाई साबुन वितरण गरिएको छ ।
कोरोना भाइरसको संक्रमण संग बच्नका लागि पालिकाको वडा नम्बर ७ र ८ मा रहेको सबै घरलाई साबुन बितरण गरिएको हो ।
साविकको बार्लाङ गासिसमा रहेको सबै घरहरुलाई पुग्ने गरी प्रति घर ४ वटाका दरले साबुन वितरण गरिएको हो । बोर्लाङमा रहेका सामुदायिक बनहरुको सहयोगमा वडा भित्रका सवैघर धुरीलाई सरसफाई सामाग्री अन्रतर्गत साबुन बितरण गरिएको वडा नम्बर ८ का वडाध्यक्ष नारायण श्रेष्ठले बताए ।
अरु बेला पनि साबुन पानीले हात धुनुपर्छ भन्ने जनचेतनाका लागि साबुन बितरण गरिएको सामुदायिक बनका प्रतिनिधीहरुले जनाएको छ ।
घर घरमा साबुन बितरण गर्दै वडाध्यक्ष श्रेष्ठले लकडाउनका बेला घर बाहिर ननिस्कन तथा कोरोना भाइरसको बिरुद्ध जनचेतना फैलाउन सावुन बितरण गरिएको बताए।


