गोरखा समाचारदाता
गोरखा – गोरखा अस्पताललाई १० थान पर्सनल प्रोटेक्सन इक्वपमेन्ट अर्थात पिपिई र मास्क प्रदान गरीएको छ ।
चौधरी फाउन्डेशनले अस्पतालको लागि १० थान पिपिई र ५०० थान सर्जिकल मास्क प्रदान गरेको हो ।
कोरोनो भाइरस (कोडिभ–१९)को उपचार सम्लग्न स्वास्थ्यकर्मीलाई प्रयोग गर्न सहज होस भन्ने उद्वेश्यका साथ फाउन्डेशनले अस्पताललाई उक्त सामाग्री उपलब्ध गराएको सूचना अधिकारी कृण्ण ढकालले बताए ।
प्राप्त सामाग्रीले विरामीको उपचारमा सहजता ल्याउने अस्पताल प्रशासनले जनाएको छ ।


