अस्ट्रेलियाको सिड्नीमा रहेका ४ नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरु अहिले आफ्नै घरमा ‘सेल्फ क्वारेन्टाइन’ मा बसिरहेका छन । सं’क्रमित सबै युवती रहेको क्यानबेरास्थित नेपाली दूतावासले जनाएको छ । सिड्नीको ग्रान्भिलमा एउटै कोठामा गरेर बसिरहेका ४ जनामध्ये एकलाई केही दिन पहिले संक्रमणको लक्षण देखिएको थियो । तर जाँच गरेर नतिजा नआउन्जेल आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसेकी उनको नतिजा पोजिटिभ देखिएको थियो।
आफ्नो साथीलाई पोजिटिभ देखिएपछि अन्यले जाँच गर्दा ४ जनामध्ये ३ मा संक्र’मण देखिएको हो। विद्यार्थीलाई सहयोग पुर्याइरहेकाे एनआरएन अस्ट्रेलियाका पदाधिकारीले उनीहरुको स्वास्थ्य सामान्य रहेको बताए। त्यसैगरी सोही क्षेत्रमा बस्ने अर्की एक नेपाली विद्यार्थीमा समेत केही भाइरसको संक्र’मण देखिएको र उनको स्वास्थ्यसमेत सामान्य रहेको दूतावासले जनाएको छ।
‘हामीले घटनाको बारेमा थाहा पाएपछि एनआरएन, कन्सुलेटको सहकार्यमा आवस्यक सहयोग पुर्याउने प्रयास गरिरहेका छौं,’ दूतावासकी उपनियोग प्रमुख द्रुपदा सापकोटाले भनिन्। उनले उनीहरुको स्वास्थ्य सुधार भइरहेको र अस्पतालबाट नियमित मनिटर भइरहेको सुनाइन्। एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरुङले यसअघि सिड्नीकै अर्को एक विद्यार्थीमा संक्रमण पुष्टि भए पनि उनी अहिले स्वस्थ भइसकेको सुनाए। ‘संक्रमण भएका विद्यार्थीको स्वास्थ्य अवस्था सामान्य छ।
अस्ट्रेलियाकै तास्मानियामा यसअघि एक विद्यार्थीमा कोरोना सं’क्रमण पाइएको भए पनि उनी स्वस्थ भएर घर फर्किसकेका छन्। दूतावासले संक्रम’णबाट बच्न उच्च सतर्कता अपनाउन अस्ट्रेलियामा रहेका विद्यार्थीलाई आग्रह गरेको छ । अस्ट्रेलियामा अहिलेसम्म ३ हजार ४ सय बढी संक्रमित पाइएका छन जसमा १ हजार ४ सय बढी न्यू साउथ वेल्स राज्यका छन्। यस भाइरसबाट अहिलेसम्म यहाँ १४ जनाले ज्यान गुमाइसकेका छन्।


