गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिकाले आज (सनिबार) दिउसो बजार क्षेत्रमा क्लोरिनको झोल छर्किएको छ ।
विश्वब्यापी फैलिएको कोरोना भाईरसको संक्रमण फैलन नपावस भनेर नगरपालिकाले उत्त झोल औषधी बजार क्षेत्रमा छर्किएको हो ।
नगरपालिकाले आज सूचना जारी गर्दै संम्भावित संक्रमण रोकथामका लागि गोरखा नगरापालिकाबाट दिउसो ३ बजे देखी साँझ ६ बजे सम्म बजार क्षेत्रमा क्लोरिन झोल छर्ने भएकाले नगरबासीलाई घर भित्रै बसी दिन आग्रह गरेको थियो ।
क्लोरिन झोलका कारण लत्ता कपडा तथा खाद्यान्नमा असर गर्ने भन्दै नगरपालिकाले उत्त बस्तुको सुरक्षा गर्न समेत सूचनामा भनेको छ ।
पहिलो चरण अन्रतगत गोरखा नगरपालिकाको खोलखोल देखी चाईनिज धारा, पेट्रोल पम्प, हरमटारी, कालिमाटी बजार, गोरखा अस्पताल हुदै बराह देखी आहाले सम्म र शक्तिचोक, पुरानो बसपार्क, नयाँ बजार, धारापानी, रोहटेपानी, पदेली हुदै ठुलो आँगन देखी सतिपिपल सम्म क्लोरिन झोल छर्ने स्वास्थ्य शाखा प्रमुख ईश्वर रेम्मीले बताए ।
रेग्मीका अनुसार क्लोरिन झोलले मानिसलाई असर नगर्ने भएता पनि सर्तक भने रहन सबैलाई आग्रह गरेको बताए ।
नगरपालिकाले नगर क्षेत्रभित्रको ठुला तथा साना बजार (सडक संग जोडिएको) मा क्लोरिन झोल छर्ने योजना रहेको बताए । दोस्रो चरणमा आईतबार देखी खोलखोले देखी तलका बजारमा क्लोरिन झोल छर्ने नगरपालिकाले जनाएको छ ।


























