एजेन्सी – रुसले पनि कोरोना संक्रमण नियन्त्रणका लागि कडा नियम लागू गर्न सुरु गरेको छ । सरकारले आजदेखि एक हप्तासम्म देशमा रहेका सबै रेस्टुरेन्ट तथा क्याफेहरूलाई बन्द गर्न निर्देशन दिएको छ ।
घरभन्दा बाहिर खानपिनका लागि जम्मा हुन नपाइने नियम रुसले लागू गरेको हो । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन यस्तो निर्णय लिनुपरेको बताइएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहिवार नै एक हप्ताका लागि काम बन्द हप्ता घोषणा गरेका थिए ।
हिजोदेखि अन्तर्राष्ट्रिय हवाई सेवा समेत बन्द गरिएको छ । शुक्रबार सम्म रुसमा कोरोना संक्रमणवाट चार जनाको मृत्यु भएको छ भने १ हजार भन्दा बढीमा संक्रमण देखिएको छ ।


