गोरखा समाचारदाता
काठमाण्डौं – अमेरिकामा रहेकी नेपाली नर्स ममता ढकाल अहिले कोरोना भाइरस संक्रमितको उपचारमा तल्लीन छिन ।
आफ्नो ३ महिनाको बच्चा घरमै छाडेर न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा कोभिड १९ को हेरचाहमा कार्यरत नेपाली नर्स ढकालले अमेरिकामा तथा विश्व भरी रहेका नेपालीहरु लगायत सबैलाई घरभित्रै बस्न आग्रह गरेकी छिन् ।
उनले सामान्य खालको लक्षण देखिएको छ भने पनि घरभित्रै सेल्फ क्वारेन्टाइनमा बस्न र कोरोना भाइरस पोजेटिभ नै भएपनि सामान्य लक्षण भएको अवस्थामा घरभित्रै बस्नु उपयुक्त हुने बताएकी हुन ।
कोरोना संक्रमणको जस्तो सामान्य लक्षण देखिएका तर संक्रमण नभएका बिरामीहरु कोरोना परीक्षणका लागि अस्पताल आउँदा भींडभाड र लाइनमा झन् संक्रमणको खतरा हुने भएकाले सामान्य लक्षण देखिनासाथ अस्पताल नआउन उनले सुझाव दिएकी छिन् ।




















