वीरगन्ज : बाराको कलैयास्थित जिल्ला अस्पतालमा नर्सले सुत्केरी आमालाई लगाउनुपर्ने सुइ शिशुलाई लगाएको घ’टना बाहिर आएको छ । कलैया अस्पतालमा करारमा कार्यरत नर्स अन्जुमा खातुनले आमालाई लगाउन पर्नी सुई नवजात शिशुलाई दिएकी हुन् । यो समाचार अन्नपुर्ण पोष्टमा क्रान्ति शाहले लेखेका छन् ।
नर्स खातुनले बाराको फेंटा गाउँपालिका ६ पुरैनियाकी २४ वर्षीया सुत्केरी रिजवानी खातुनलाई सुइ नलगाएर नवजात शिशुलाई सुइ लगाएकी हुन् । रक्त समूह निगेटिभ भएको सुत्करी आमालाई दिइने एन्टी डी नामको सुइ , नर्स खातुनले आमालाई लगाउनु साटो शिशुलाई लगाइ दिएकी हुन् ।
रिजवानीले मङगलबार बिहान कलैया अस्पतालमा छोरीको जन्म दिएपछि नर्सले भुलवश सुत्केरीलाई दिनुपर्ने सुइ शिशुलाई दिएको अस्पतालले जनाएको छ ।कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरेन्द्र मण्डलले भुलवश सुत्केरीलाई दिनुपर्ने सुइ शिशुलाई लगाइ दिएको स्वीकार गरेका छन् ।
नर्स अन्जुम खातुन बुधबार दिउँसो दुईबजे डयु्टिमा आएपछि यस बारे विस्तृत जानकारी दिने उनले बताए । खातुनले जन्म दिएकी नवजात शीशुको उपचार वीरगन्जमा भइरहेको र अवस्था सामान्य रहेको मेसु मण्डलले बताए ।


