एजेन्सी – विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ अर्थात कारोना भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ९१९ जनाको ज्यान गएको हो । यो संख्या संक्रमण फैलिएपछि एकै दिन ज्यान जानेको सबैभन्दा बढी हो । ज्यान गुमाउनमा अधिकांश इटलीको उत्तरी क्षेत्र लोम्बार्दी क्षेत्रका हुन् । इटलीमा शुक्रवार ५ हजार ९ सयभन्दा बढी नयाँ संक्रमित भेटिसँगै संक्रमित हुनेको संख्या ८६ हजार नाघेको छ ।
उता, अमेरिकामा संक्रमितको संख्या १ लाख २ हजार नाघेको छ । यो संख्या संक्रमण फैलिएका देशहरुमध्येको सबैभन्दा बढी हो । शुक्रवार मात्रै अमेरिकामा १७ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । त्यहाँ ज्यान गुमानेको संख्या १ हजार ६०७ पुगेको छ । शुक्रवार मात्रै ३१२ जनाको ज्यान गएको हो ।
उता, स्पेनमा पनि संक्रमित हुनेको संख्या बढ्दो छ । त्यहाँ शुक्रवार मात्रै ८ हजार संक्रमित थपिएका छन् । योसँगै स्पेनमा संक्रमितको संख्या ६५ हजार नाघेको छ भने ज्यान जानेको संख्या ५ हजार १३८ पुगेको छ । त्यहाँ शुक्रवार मात्रै ७७३ जनाको ज्यान गएको हो । फ्रान्समा पनि एकै दिन २९९ जनाको ज्यान गए
को छ ।
फ्रान्समा संक्रमितको संख्या ३३ हजार नाघेको छ भने १ हजार ९९५ जनाको ज्यान भैसकेको छ । कोरोनाका कारण इरानमा २ हजार ३७८, बेलायतमा ७५९, नेदरल्याण्ड्समा ५४६, बेल्जियममा २८९ जनाको ज्यान गएको छ ।
त्यसैगरी, जर्मनीमा ३५१, स्वीट्जरल्याण्डमा २३१, स्वीडेनमा १०५, इण्डोनेशियामा ८७ जनाको ज्यान गएको छ । चीनबाट सुरु भएको संक्रमण अहिले १९९ राष्ट्रमा फैलिएको छ ।
आज विहानसम्म विश्वभर २७ हजार २५५ जनाको ज्यान गइसकेको छ भने ५ लाख ९४ हजारभन्दा बढी सक्रमित भेटिएका छन् । १ लाख ३३ हजारभन्दा बढी भने उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् ।


