गोरखा समाचारदाता
पर्वत – जिल्लाको भोक्सिङमा गोरु काटेर खानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरु काटेर खाएको आरोपमा स्थानिय ३ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महाशिला गाउँपालिका २ को भोक्सिङका युवाहरुले गोरु काटेर खाएको भन्ने विशेष सूचनाको आधारमा प्रहरी उत्त स्थानमा पुगेको थियो ।
गोरु काटेर खाएको आरोपमा महाशिला गाउँपालिका २ भोक्सिङका १६ बर्षिय सुजन गुरुङ, २८ बर्षिय लोकेन्द्र गुरुङ र सोही गाउँपालिका १ को होसराङदी बस्ने २८ बर्षिय पिताम्बर भुषाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले घटना स्थलबाट गोरुको टाउको बरामद गरेको छ । पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान भई रहेको पर्वत प्रहरीले जनाएको छ ।




















