गोरखा समाचारदाता
काठमाण्डौं – गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस संक्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ ।
किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग दुई हजार प्रतिको सम्झौता भएको एनआरएनए कोरियाले जनाएको छ ।
त्यसका लागि एनआएनए कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ ।
त्यसका लागि आवश्यक पर्ने करिव ४० लाख रुपैया संकलन भैरहेको एनआएनए कोरियाले जनाएको छ ।


