गोरखा समाचारदाता
धनगढी – नेपालमा कोरोना भाइरसको चौथो संक्रमित भेटिएका छन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आज गरिएको परीक्षणमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारार्थ भर्ना भएका एक पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ मन्त्रालयले आज जनाएको छ ।
अस्पतालमा भर्ना भएका ३४ बर्षिय पुरूषको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।
दुवईबाट फर्केका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । उपत्यका बाहिर कोरोना संक्रमीत भेटिएको यो पहिलो घटना हो ।
यसअघि तीनवटै संक्रमण उपत्यकामा भेटिएको थियो । ती मध्ये एक जना डेढ महिना अघि नै स्वस्थ भएर घर फर्केका छन् ।
दुई जनाको टेकुस्थित अस्पतालमा उपचार भइरहेको छ । दुवैको स्वास्थ अवस्था राम्रो रहेको छ ।
हालसम्म टेकु अस्पतालमा ८०२ नमूना परीक्षण भएको छ । ती मध्ये ४ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।


