गोरखा समाचारदाता
गोरखा – कोरोना भाइरस (कोडिभ–९) को संक्रमण बढन सक्ने डरका कारण टोल–टोलमा अवरोध खडा गरिएको छ ।
लकडानको अवज्ञा गर्दै सवारी साधान मार्फत गाउँ गाउँमा रमाइलो गर्न पुगेको भन्दै सदरमुकाम वरपरका टोलहरुले अवरोध खडा गरेका हुन ।
नेपाल सरकारले गरेका लकडाउनका कारण घरमा नवसी गाउँमा रमाइलो गर्न मोटर साईकल र अन्य सवारी मार्फत गाउँ गाउँमा युवा युवती पुग्न थाले पछि गाउँ सम्म नआई पुगोस भनेर बाटोमा अवरोध र्सिजना गरीएका रानीबन छाप टोल विकास संस्थाका अध्यक्ष ईश्वर केसीले बताए ।
लकडाउनको दोस्रो तेस्रो दिन (बिहीबार) सम्म पनि अपरिचित मानिसहरुले मोटरसाईकल र ट्याक्सी लिएर आउने जाने गर्न थाले पछि सबै स्थानिय मिलेर च्याने खोला र रानिबन क्षेत्रमा अवरोध गरेका हुन । ‘हिजो त रातै भरी पनि मोटर साईकल र ट्याक्सी चले पछि भने आजै बिहान हामी सबै जम्मा भयौ र समस्या परे टोल विकासले जिम्मा लिने गर पर्खाल लगाउने सहमती बमोजिम ढुङ्गा थुपारेका हौ’ भने अध्यक्ष केसीले ।
उत्त मार्ग भएर रानिबन–पन्तेस्वार–भिमसेन पार्क–गोरखा दरर्बार हुदै ठुला आँगन निस्कन मिल्छ ।
त्यस्तै गरी गोरखा बजार नजिकै रहेको पश्लाङ गाउँका मानिसहरुले पनि गाउँमा अपरिचित मानिसहरुको आउ जाउ बढेको भन्दै मुख्य मार्गमा काठका मुडा राखेर अवरोध र्सिजना गरेका छन ।
लकडाउनको समयमा बजारमा प्रहरीले कडाई गर्न थाले पछि गाउँ गाउँ तिर घुम्न जानेको संख्या ह््वात्तै वढेको छ ।



