एजेन्सी – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।
जोनसनले ट्वीटरमा भिडियो पोष्ट गर्दै, आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको र परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको बताएका छन् ।
उनले अहिले आफूले सामान्य लक्षणमात्र देखिएको बताउदै केही दिन डाउनिङ स्ट्रिटस्थित सेल्फ क्वारेन्टिनमा बस्ने र भिडिओ कन्फरेन्सबाट यो भाइरसविरूद्धको लडाइँमा सहभागी हुने भनेका छन्।


