गोरखा समाचारदाता
झापा – झापाको विर्तामोडस्थित बी एण्ड सी अस्पताल कोरोनाको उपचारका लागि सरकारलाई दिने सञ्चालक दुर्गा प्रसाईंले घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो मेडिकल कलेज र अस्पताल सरकारलाई दिने घोषणा गरेका हुन् ।
निजी स्वास्थ्य संस्थाले चाहेर पनि संक्रमितको उपचार गर्न नसक्ने भएकाले सरकारलाई अस्पताल दिने निर्णय गरेको प्रसाइले विज्ञप्तिमा उल्लेख गरेका छन् । टेस्टिङ किट, पिपिई सेट लगायतका सामाग्री भए अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न सकिने उनको भनाइ छ ।
अस्पताललाई मेडिकल कलेज बनाउन प्रसाईले लामो समयदेखि पहल गर्दै आएका छन् । केही समयअघि चिकित्सा शिक्षा आयोगले उनको कलेललाई स्वीकृति दिन अस्वीकार गरेको थियो ।


